स्पर्श लघुवित्तको आईपिओ बाँडफाँड आइतबार

Advertisement

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण शेयर ९आईपिओ० चैत १० गते आइतबार बाडँफाँड हुने भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलले आइतबार शेयर बाँडफाँड गर्ने जनाएको हो।

संस्थाले फागुन २६ देखि २९ गतेसम्म कर्मचारी र म्युचुअल फण्डहरुलाई छुट्टाएर २ लाख ५२ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । सो आईपिओ शेयरमा २ लाख ९८ हजार ३५३ आवेदनबाट सर्वसाधारणमा बिक्री खुला भएको शेयरको ३२.२३३ गुणा बढी अर्थात ८१ करोड २२ लाख ९४ हजार रुपियाँ बराबरको ८१ लाख २२ हजार ९४० कित्ता शेयरको माग सदर भएको छ।

आईपिओमा आवेदन गरेका ५८५ वटा आवेदनबाट परेको १५ हजार ५०० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम हरेक आवेदकलाई १० कित्ता शेयरका दरले बाँडफाँड गर्नुपर्ने हुन्छ । यसअनुसार कूल आवेदकको ८.४५ प्रतिशत अर्थात २५ हजार २०० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । आईपिओमा आवेदन गरेका २ लाख ७३ हजार १५३ जना अर्थात ९१.५५ प्रतिशत आवेदकको हात खाली हुनेछ ।

कास्कीमा केन्द्रीय कार्यालय रहेको स्पर्शले कूल २ लाख ६९ हजार ६३० कित्ता शेयर निष्काशन गरेको हो । यसमध्ये ४ हजार १४८ कित्ता लघुवित्तका कर्मचारीलाई र१३ हजार ४८२ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर २ लाख ५२ हजार कित्ता शेयरमा आवेदन खुला गरेको थियो ।

आईपिओ बिक्रीपश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपियाँ पुग्नेछ । यस्तै, संस्थाले संस्थापकतर्फको चुक्ता पूँजी ६७.५ प्रतिशत अर्थात ५ करोड ६० लाख रुपियाँ र सर्वसाधारणतर्फ ३२।५ प्रतिशत अर्थात दुई करोड ६९ लाख रुपियाँ सहित जम्मा कायम हुनेछ।

Advertisement

Advertisement

Advertisement