अपीपावर ४० मेगावाट क्षमताको नयाँ आयोजना ‘माथिल्लो चमेलिया’ निर्माण अघि बढाउँदै

Advertisement

काठमाडौं । अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेडमार्फत नयाँ आयाजनाको रुपमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य आगामी आर्थिक वर्षबाट सुरु गर्ने भएको छ ।

सुदुर पश्चिमाञ्चल क्षेत्रको दुर्गम जिल्लामा अवस्थित यो आयोजना कम्पनीले निर्माण गर्न लागेको तेस्रो आयोजना हो । यसभन्दा पहिले सोही क्षेत्रमा कम्पनीले क्रमश ८.५ मेगावाट क्षमताको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत दुई बर्षदेखि राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दै आएको छ ।

साथै आगामी चैत मसान्तभित्र ८ मेगावाट क्षमताको माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुँदैछ । सो आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । यो आयोजना नेपाल सरकार नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया बलाच १३२ केभी ट्रान्समिशन लाइनमा जडान गरिनेछ । यो आयोजनाबाट बार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुनेछ ।

उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदमा र बाँकी ७० प्रतिशत बर्षातमहिनामा उत्पादन हुनेछ । यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथि रहेको छ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३ मिटरको पेनिस्टक पाइपको सहायाताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण गरिनेछ ।

माथिल्लो चमेलिया निर्माणको लागि जम्मा सात खर्ब ४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने दुई खर्ब २२ करोड शेयरधनीको लगानी र बाँकी पाँच खर्ब १८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तीयकरणमार्फत ऋण लगानी गरिनेछ ।

यो आयोजनाको निर्माण कार्य २०७६ मंसिरमा सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । यो आयोजना सुदूरपश्चिमाञ्चल प्रदेशको आर्थिक विकासको लागि महत्वपूर्ण आधार हुने कम्पनीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement