आजदेखि काठमाडौंमा २२औँ पुष्प मेला सुरु

Advertisement

काठमाडौं । आजदेखि भृकुटीमण्डपमा २२ औँ पुष्प मेला प्रदर्शनी शुरु भएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल फान र प्रदेश ३ को कृषि, भूमि तथा सहकारी मन्त्रालयको आयोजनामा प्रदर्शनी शुरु भएको हो ।

प्रदर्शनीको उद्घाटन गर्दै कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री राम कुमारी चौधरीले पुष्प व्यवसायमा नेपाललाई आत्मनिर्भर बनाउन देशका सबै ठाउँमा पुष्प व्यवसाय बढाउनुपर्ने बताईन्।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले यस व्यवसायमा नयाँ अनुसन्धान र उच्च प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता औल्याए । यस्तै कार्यक्रममा प्रदेश ३ का सांसद रामेश्वर फूयालले आर्थिक क्रान्तिका लागि फूल व्यवसाय बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पत्रकार राजेश बर्मासहित विभिन्न पुष्प व्यवसायीलाई नगदसहित सम्मान गरिएको थियो । आइतबारसम्म चल्ने प्रदर्शनीमा ८४ वटा स्टल छन । उक्त प्रदर्शनीमा २ अर्व ७५ लाख २४ करोड पुर्याउने लक्ष्य लिईएको छ ।

आर्थिक समृद्धि तथा सफा वातावरण सिर्जना गर्नको लागि पुष्प व्यवसायले सहयोग पुग्ने विषयमा छलफल भएको थियो । अनुसन्धान तथा विकासमा सरकारको सहयोग नपाउनु तथा दक्ष जनशक्तिको अभावले समस्या उत्पन्न भएको विषयमा छलफल भएको थियो ।

आवश्यक स्रोत र साधनको अपर्याप्तताले आयातमा वृद्धि भएको छ र यो वाध्यता पनि कायमै छ । यसर्थ, समयानुकुल पुष्पको विकास तथा प्रवद्र्धनमा समस्या आएको छ । दिर्घकालीन पुष्प व्यवसाय तर्जुमा गरी आयातलाई प्रतिस्थापन तथा निर्यातमा वृद्धि गर्न आवश्यक रहेको एशोसिएसनले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement