यस पटक पनि साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि चुम्नबाट नेपाल रोकियो

Advertisement

विराटनगर । यस पटक पनि साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि चुम्न नेपाल असफल भएको छ । विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनल खेलमा भारतले ३–१ ले नेपाललाई हराउँदै उपाधि हात पारेको हो ।

पहिलो हाफमा भारतलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा रोक्न सकेन् । खेलको ६४ र ७७ औं मिनेटमा गोल थप्दै भारतले यस पटक पनि साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि हात पार्न सफल भएको हो । पहिलो हाफको २४ औं मिनेटमा भारतले पहिलो गोल गरेकोमा नेपालले ३३ औं मिनेटमा गोल फर्काएर बराबरी गरेको थियो ।

तर दोस्रो हाफमा रणनीतिक हिसावले प्रस्तुत भएको भारत नेपालमाथि हावी हुन पुग्यो । नेपालका लागि सावित्रा भण्डारीले १ गोल गर्न सफल भइन् । यसअघिका चार संस्करणमध्ये ३ मा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो।

Advertisement

Advertisement

Advertisement