‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक राष्ट्रिय सभाबाट पनि पास

Advertisement

काठमाडौं । राष्ट्रियसभाको शुक्रबारको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ । संशोधन प्रस्तावकर्ता सांसद राधेश्याम अधिकारीले राखेको प्रस्तावलाई अस्वीकृत गर्दै बहुमतले सो विधेयक पारित गभएको हो ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रियसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले पेश गरेका थिए । यो विधेयक यसअघि नै प्रतिनिधिसभाबाट पास भइसकेको छ । राष्ट्रपतिबाट लालमोहर लागेपछि ऐन कार्यान्वयनमा आउने छ ।

सरकारले गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गरी विदेशी लगानी विधेयक हतार हतार संसदमा पेश गरेको हो । यसअघिको लगानी सम्मेलनमा साढे १४ खर्बको लगानी प्रतिवद्धता आए पनि लगानी आउन नसकेपछि सरकारले यस विधेयकमा व्यापक सुधार गरी जारी गर्न लागेको हो ।

राष्ट्रिय सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५’ र ‘भू–उपयोग विधेयक, २०७५’ प्रतिनिधिसभाबाट आएको सन्देशसहितको प्रतिवेदन पेश गरेको थियो ।

Advertisement

Advertisement

Advertisement