ओलीविरुद्ध हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, राज्यविरुद्धको र संगठित अपराध मुद्दा

Advertisement

काठमाडौं । शुक्रबार राति काभ्रेबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीसहित नौ नेताविरुद्ध राज्यविरुद्धको अपराधसहित चार वटा मुद्दामा चलाइएको छ । उनीहरुलाई आइतबार ललितपुर जिल्ला अदालतले राज्यविरुद्धको अपराधसहित चार मुद्दामा आठ दिन थुनामा राख्न म्याद थप गरेको छ ।

विप्लव समूहका प्रभावशाली नेताको रुपमा चिनिएका ओलीहित नौ जनालाई हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ, राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसन्धान गर्न समय दिइएको हो । उनीहरुको योजनामा एनसेलको टावर तथा गेटहरुमा श्रृखलावद्ध बम विस्फोटलगातका घटना भएको सरकारको ठहर छ ।

ओलीसँगै विप्लव समूहका शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ गरेका थिए । सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका नेतालाई गाउँगाउँ पुगेर प्रकाउ गर्न थालेको छ। ओलीसहित अन्य व्यक्तिहरु १ बा १७ च ४८९३ नम्बरको स्कार्पियो गाडीसहित पक्राउ परेका थिए ।

उनीहरूको साथबाट एउटा पेस्तोल र ६ राउण्ड गोली लोड भएका २ वटा म्यागजिन, बम बनाउन प्रयोग हुने जिलेटिन ५ थान, एउटा ल्यापटप र २२ वटा मोबाइल समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement