रसुवागढी हाइड्रोपावरलाई आइपीओ जारी गर्ने अनुमति

Advertisement

काठमाडौं।  रसुवागढी हाइड्रोपावर जलविद्युत कम्पनीले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कम्पनीले एक  करोड दुई लाख ६३ हजार एक सय ५० कित्ता सेयर बिक्री गर्ने भएको हो। जसमध्य कम्पनीले जारी पुँजीको १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने जनाएको हो । यो आइपीओमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीले यसअघि सञ्चयकर्तालाई एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता आइपीओ बिक्री गरिसकेको छ । कम्पनीले सन् २०२० भित्र एक सय ११ मेगावाट विद्युत उत्पादन गरिसक्ने लक्ष्य लिएको छ । यो आइपीओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

Advertisement

Advertisement

Advertisement