लगानीकर्ताको समूहले कालो बेलुन उडाएर नेप्सेमा अनसन सुरु गर्यो

Advertisement

काठमाडौं । सेयर लगानीकर्ता दबाब समूहले सोमबारदेखि नेप्से गेटमा रिले अनसन सुरु गरेका छन् ।

दबाब समूहले पूँजी बजार सुधार र विस्तारका लागि आफूहरूले राखेको ३२ बुँदे मागको कुनै पनि सुनुवाई नभएको भन्दै धितोपत्र बोर्डमा शान्तिपूर्ण आन्दोलन गरेको र  उक्त क्रममा प्रहरीले दमन गरेपछि फरक तरिकाले बिरोधको कार्यक्रम अगाडी ल्याएको  दबाब समूहले जानकारी दिएको छ।

दबाब समुहले आज नेप्सेको भवन परिसरमा कालो बेलुन उडाएर विरोध कार्यक्रम सुरु गरेका हुन् । पुँजी बजार सुधारका माग पूरा नहुँदासम्म अनसन लगायत विरोधका कार्यक्रम जारी रहने समुहले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement