सुजुकी जिक्सर एबिएस नेपाली बजारमा

Advertisement

काठमाडौं । नेपाली बजारमा मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी सुजुकीको आधिकारीक वितरक भिजी सुजुकीले जिक्सर एबिएस मोडल भित्र्याएको छ । नेपाली बजारमा यस मोडलको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो बाइक नेपाली बजारमा एक मात्र कलरमा उपलब्ध रहेको छ ।कम्पनीले जिक्सर एसपीलाई सिगंल च्यानल एबिएससहित बजारमा ल्याएको हो ।

कार्वोरेटर इन्जिन दिइएको छ । सुजुकी जिक्सरमा उपलब्ध १५५ सिसी सिगंल सिलिन्डर एयरकुल्ड इन्जिनले ८ हजार आरपीएममा १४ दशमलव ६ बिएचपी पावर तथा ६ हजार आरपिएममा १४ बिएचपी टर्क उत्पादन गर्छ । ५ स्पीडको गियरबक्स जडान गरिएको यो बाइकको १६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

यस बाइकमा १२ लिटरको फ्युल ट्यांक दिइएको छ भने ४५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । जिक्सरमा फ्रन्टमा २६६ एमएमको तथा रियरमा २४० एमएमको डिस्क ब्रेक रहेको छ । यसको फ्रन्टमा १७ इन्चको अलाय ह्वील रहेको छ ।

हाल नेपाली बजारमा उपलब्ध रहेको नन् एबिएसको मूल्य २ लाख ७६ हजार ९ सय रहेको छ भने एबीएस भर्सनको मूल्य २ लाख ९९ हजार ९ सय रहेको छ ।

Advertisement

Advertisement

Advertisement