नेप्सेको कार्यालय अगाडि रिले अनसन बसेका १४ जना गिरफ्तार

Advertisement

काठमाडौं । नेप्सेको कार्यालय अगाडि अनसनमा बस्न गएका सेयर लगानीकर्ता दबाब समूहका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा हरि ढकाल नयन बास्तोला,दिपेन्द्र अग्रवाल, तिलक कोइराला लगायत छन् । अनसन बस्न बिहान १० बजे नेप्से पुगेका लगानीकर्तालाई नेप्से हाताभित्र अनसन बस्न प्रहरीले रोक लगाएको थियो । लगत्तै सडकमा अनसन बस्न लागेका लगानीकर्तालाई प्रहरिले गिरफ्तार गरेको हो ।

नेप्से परिसरमा अससन बस्न लागेका १४ लगानीकर्तालाई प्रहरीले गिरफ्तार गरेको दबाब समूहका अध्यक्ष हरि ढकालले बताएका छन् । गिरफ्तारमा परेका लगानीकर्तालाई महानगरिय प्रहरी परिसर सिंहदरबार लगिएको छ ।

दबाब समूहका लगानीकर्ताले सोमबार नेप्से परिसरमा कालो बेलुन उडाएर अनिश्चितकालिन रिले अनसन सुरु गरेका थिए । उनीहरुले सेयर बजारको विकास र विस्तारका लागि भन्दै ३२ बुँदे मागसहित अनसन सुरु गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement