नयाँवर्षमा टिभिएस मोटर कम्पनीको अफर ‘सात छ हाम्रो’

Advertisement

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालभरिकै एकमात्र अधिकृत विक्रेता जगदम्बा मोटर्सले नयाँ वर्ष २०७६ को अवसरमा टिभिएस ‘सात छ हाम्रो’ ल्याउने भएको छ ।

नयाँ वर्षको सुनौलो सुरुवात र शुभकामना स्वरूप सो अफर ग्राहकहरुको माझ ल्याइएको कम्पनीले जनाएको छ । ‘साथ छ हाम्रो’अभियान टिभिएसले दुइ वर्ष अघि परिचित गराएको थियो, जसले टिभिएस आफ्नो ग्राहकहरुको लागि सेवा र सुविधाको लागि हरदम तत्पर रहने प्रतिबद्धता गरेको थियो ।

२०७५ चैत्र ११ गते देखि सुरु भएको उक्त अफरमा टिभिएसले आफ्नो हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा सात हजार रुपियाँको श्योरशट नगद छुटको व्यवस्था गरेको छ ।

यस अफरले स्क्राच कुपनको झन्झट हटाई ग्राहकहरुको सहजताका लागि हरेक खरिदमा तोकिएको छुट पाइने व्यवस्था गरिएको हो । यही २०७६ वैशाख मसान्तसम्म लागु हुने उक्त अफरबाट लाभान्वित हुन कम्पनीले आग्रह गरेको छ ।

टिभिएसले आफ्नो सात भिन्नाभिन्नै सीसीका उत्पादनहरुमा ५ वर्षको वारेन्टी, अनस्पट फाइनान्स, अनस्पट एक्सचेन्ज, १ घन्टे एक्सप्रेस सेवा लगायतका अन्य सेवा दिँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement