कृषि विकास बैंकको साधारणसभा शुक्रबार हुँदै

Advertisement

काठमाडौं।  कृषि विकास बैंकले आगामी चैत १५ गते (शुक्रबार) वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बिहान ११ बजे भक्तपुरको बोडेस्थित कृषि विकास बैंक केन्द्रय तालिम प्रतिष्ठानमा हुने बैंकले जनाएको छ।  सभाले कम्पनीको २१ दशमलव ०५३ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्ने छ ।

सभाले कम्पनीको सञ्चालक समितिको सेयरधनीलाई ६ प्रतिशत बोनस र १५ दशमलव ०५३ नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गर्न लागेको हो ।

हाल बैंकको चुक्ता पुँजी आठ अर्ब ५० करोड रुपियाँ रहेको छ । ६ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी नौं अर्ब रुपियाँ नाघ्ने छ ।

 

Advertisement

Advertisement

Advertisement