ओम डेभलपमेन्ट बैंकले महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा पोलिसि बिक्री गर्ने

Advertisement

काठमाडौँ । ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ओम डेभलपमेन्ट बैंकले आफ्ना सबै शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवनबीमा योजनाहरु बिक्री गर्नेछ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ ।

इन्स्योरेन्सले २०७५ चैत्र मसान्तभित्र देशको २३ स्थानमाकारोबार सञ्चालनको तयारी गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement