सनराइज बैंकका ग्राहकलाई भारतमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । सनराइज बैंकका ग्राहकहरुले भारतका विभिन्न १५ वटा अस्पतालमा स्वास्थ्य उपचार गराउँदा छुट पाउने भएका छन् ।

बैंकले भारतमा उपचार गराउँदा अधिकतम ५० प्रतिशतसम्म छुट दिने व्यवस्था सहित विभिन्न अस्पतालसँग सम्झौता गरेको हो । तर यस्तो सुविधा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट हुने भुक्तानीमा मात्र पाउन सकिने छ ।

बैंकले दिँदै आएको स्वास्थ्य बीमा योजना अनुसार बैंकका बचतकर्ताहरूले अस्पतालमा भर्ना भई उपचार गराउँदा लाग्ने खर्च, बढीमा एक लाख रूपियाँ वा बचत खातामा रहेको बार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने छन् ।

बैंकले बीमा दाबी बर्षमा तीन पटकसम्म गर्न सक्ने जनाएको छ । यसअघि बर्षमा एक पटक मात्र बीमा दाबी गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले पाँच लाखसम्मको दुर्घटना बीमा र नेपालभरका एक सय भन्दा बढी अस्पतालमा २० प्रतिशतसम्मको छुट दिँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement