टकलालाई जन्मकैदको सजाय

Advertisement

जनकपुर । जनकपुर बमकाण्डको मुख्य दोषीको रुपमा औंल्याइएका पूर्वसांसद संजय साह ‘टकला’लाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत धनुषाले बिहीबार यस्तो सजाय सुनाएको हो । अदालतले टकलासहित सात जनालाई जन्मकैद सुनाएको हो भने एक जनालाई पाँच बर्षको सजाय सुनाएको हो ।

विसं. २०६९ बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्ना गर्ने क्रममा शक्तिशाली बम विष्फोट गराइएपछि पाँच जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए।

दोस्रो संविधानसभामा निर्वाचितको केही महिनामै पक्राउ परेका साह पाँच वर्षदेखि मुद्दा पुर्पक्षको लागि जेलमा रहेका थिए ।

Advertisement

Advertisement

Advertisement