जनकपुरमा एसइई परिक्षा रद्ध भपछि परिक्षार्थीद्वारा विरोध प्रदर्शन

Advertisement

जनकपुर। जनकपुर सामाजिक विषयको परिक्षा हुनु अगावै प्रश्नपत्र बाहिरिए पछि रद्ध गरिएको एसइइ परिक्षाको कारण तनावग्रस्त बनेको छ । परीक्षा रद्ध भएपछि विद्यार्थीहरु सडकमा आएर विरोध प्रदर्शनमा उत्रेका छन् । उनीहरुले चोकचोकमा टायर बाल्दै विरोध गरेका छन् ।

समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि भएपछि विरोधमा उत्रिएका विद्यार्थीले सडकमा नाराबाजी गरेका थिए । प्रश्नपत्र आउट भएको जानकारी प्राप्त हुनसाथ परीक्षा नियन्त्रण कार्यालयको आकस्मिक बोर्ड बैठक बसेको थियो ।

बोर्डले बिहान साढे ७ बजे प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्नपत्र आउट भएको पुष्टि भएको जनाएको थियो । शुक्रबार हुने भनिएको सामाजिक विषयको परीक्षा रद्द गरिएको विरोधमा विद्यार्थीले जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गर्दै नाराबाजी गरेका छन् । विद्यार्थीको सो जुलुसले घण्टाघरमा पुगी टायर बालेर विरोध जनाएको छ ।

विद्यार्थीले घण्टाघरमा रहेको प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ लेखेको नारासहितको साइनबोर्ड तोडफोड गरेका छन् । त्यसैगरी उनिहरुले रु आठ लाखको लागतमा निर्माण गरिएको सोलारसहितको ट्राफिक बिट र ट्राफिक सङ्केत भएको बोर्ड तोडफोड गरेका छन् । साथै वीरगञ्ज बजार बन्द गराउँदै हिडेका छन् ।

आन्दोलनमा उत्रेका विद्यार्थीहरुले ना १ ज ७७८७ नम्बरको भ्यानमा तोडफोड गरेका छन । प्रदर्शन नियन्त्रण लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको छ । सो क्रममा केही विद्यार्थी घाइते भएका छन् ।

सामाजिक विषयको परीक्षा रद्द भएपछि प्रदेश नं २ का ८ जिल्लाका ७२ हजार ४९ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

Advertisement

Advertisement

Advertisement