टिसिएलको ‘लकरमा भयङ्कर’ अफर सुरु

Advertisement

काठमाडौं । विश्वकै उत्वृmष्ट ब्राण्डको रुपमा सम्मानित ‘टिसिएल, द क्रियटिम लाइफ’ले नयाँ वर्ष २०७६ लाई लक्षित गरि आकर्षक ‘क्यास ब्याक’ तथा ‘लकरमा भयङ्कर अफर’ ल्याएको छ ।

अमेरिकाका साथ एसिया तिर पनि प्रख्यात बन्दै गरेको टिसिएल ब्राण्ड नेपालमा पनि ग्राहकहरुको उच्च रोजाईमा पर्न थालेको यस ब्राण्ड नेपालको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

यस वर्ष टिसिएल ब्राण्डले नयाँ वर्षलाई लक्षित गर्दै ग्राहकमाझ आफ्ना घरायसी सामग्रीहरुमा २५ प्रतिशतसम्मको क्यासब्याक प्रदान गर्ने छ । यस वर्ष थप प्रिथक उपहार आयोजना पनि ल्याएको छ । जसलाई लकरमा भयङ्कर नामले जनाएको छ । जस अन्तर्गत ग्राहकहरुले ४० ईन्चभन्दा माथिको स्मार्ट टिभी खरिद गर्ने, खरिदपछि ग्राहकहरुले एउटा स्क्राच कुपन प्राप्त गर्ने प्राप्त गर्ने, सो कार्डमा स्योरसर्ट गिफ्ट अथवा कि (नोमेरिक) पाउने छन् ।

उक्त कि प्राप्त गर्ने विजेताहरुले स्क्राच कार्ड सुरक्षित राख्नु पर्नेछ । अन्त्यमा एक कार्यव्रmम आयोजना गरि लकरमा भएको भयंकर उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । यो योजना चैत्र १५ देखि नेपाल राज्यभर सीमित अवधिका लागि प्रदान गरिने छ ।

२० इन्च देखि ६५ इन्चसम्मको स्मार्ट र नन् स्मार्ट मोडलहरुमा उपल्ब्ध टिसिएल व्राण्डले नेपालमा गुगल एन्ड्रोइड टिभी पनि भित्राएको छ । ग्राहकहरुको उच्च राजाई बन्न सफल भएको टिसिएल ब्राण्डले आफ्ना टिभीहरुमा तीन वर्षको वारेन्टी तथा एसीको कम्प्रेसरमा ५ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement