पोखरामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘जाउँ है पोखरा’ अभियान सुरु

Advertisement

काठमाडौं । पश्चिमाञ्चल होटल संघ पोखराले विगत बर्षहरुमा जस्तै यस बर्ष पनि ‘जाउँ है पोखरा’ अभियान नामक पोखरा प्रवद्र्धन अभियान सुरु गर्ने भएको हो । यस अभियानअन्तर्गत पश्चिम नेपालका विभिन्न क्षेत्रको प्रवद्र्धन गरिने छ ।

टोलीले शनिवार पत्रकार सम्मेलन गरी आन्तरिक पर्यटकलाई प्रवद्र्धन गर्नका लागि ‘जाउँ है पोखरा’ अभियान सुरु गरेको बताएको हो । २०५६ सालदेखि सुरु गरिएको यो अभियानले सफलताका विभिन्न चरणहरु पार गरेको बताउँदै आगामी वर्षहरुमा यसलाई भव्य र सभ्यरुपमा सफल पर्ने र नेपालको पर्यटन विकासलाई उच्च शिखरमा पुर्याउने योजना रहेको टोलीले बताएको छ ।

बिगत १० वर्ष अघि नेपालको पूर्वी शहरबाट अभियान सुरु गरेको पश्चिमाञ्चल होटल संघको टोलीले आउँदो वर्षमा काठमाडौं, जनकपुर, चितवन र लुम्विनीबाट सुरु गर्ने तयारी गरेको बताएको छ ।

यस अभियानले नेपालमा आन्तरिक पर्यटनको माहोल सृजना गर्न सफल भएको होटल संघ पोखराका अध्यक्ष्य विकल तुलाचनले बताए । उनले पर्यटकीय क्षेत्रका लागि पोखरामा होटल र वस्ति निकै स्तरीय उल्लेख गरे ।

पोखरामा वर्षेनी ६० प्रतिशत आन्तरिक पर्यटकले ओगट्ने गरेको तुलाचनले दाबी गरे । यो अभियानले पोखराको मात्र नभई समग्र नेपालकै आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ ।

पश्चिमाञ्चल होटल संघको टोलीले नयाँ वर्षको अवसरमा १६ औं फेवा नव वर्ष महोत्सवको पनि आयोजना गर्ने भएको छ । नेपाली संस्कृति, खाना र संगीतको प्रबद्र्धन गर्ने उद्देश्यले संघले यही चैत २९ देखि आगामी बैशाख एक गतेसम्म पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कमा उक्त महोत्सव गर्ने भएको हो ।

पर्यटन वर्ष २०२० लाई सफल बनाउने क्रममा फेवा महोत्सवलाई पनि सफल पार्ने योजनामा होटलहरुको छाता संगठन लागिपरेको आयोजकको भनाई छ । होटल संघ नेपाली प्रथम उपाध्यक्ष सिर्जना राणले मुलुकमा जतिसुकै दुख भएपनि पर्यटन व्यवसायले हरेस नखाएको बताइन् । उनले नेपालको अर्थतन्त्रमा पर्यटन व्यवसायले सबैभन्दा बढि टेवा पुर्याएको बताइन् ।

Advertisement

Advertisement

Advertisement