तल्लो अरुण र माथिल्लो त्रिशूली–२ चिनियाँ कम्पनीले निर्माण गर्ने

Advertisement

काठमाडौं । तल्लो अरुण र माथिल्लो त्रिशुली–२ चिनियाँ कम्पनीले निर्माण गर्ने भएको छ । लगानी सम्मेलनमा प्रतिवद्धता गर्दै चिनियाँ कम्पनी पावर चाइना इन्टरनेसनलले यी दुई ठूला जलविद्युत आयोजना निर्माण गर्ने घोषणा गरेको हो ।

लगानी सम्मेलनमा सहभागी पावर चाइनाका जनरल म्यानेजर सोङ दोङ सेङले ६७९ मेगावाटको तल्लो अरुण र १०२ मेगावाटको माथिल्लो त्रिशूली–२ निर्माण गर्ने बताएका हुन् ।

तल्लो अरुणमा १ खर्ब ४५ अर्ब लगानी हुने अनुमान रहेको छ । यो आयोजना हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) सँगको सहकार्यमा पावर चाइनाले निर्माण गर्ने भएको हो । यसका लागि एचआइडीसीएल र पावर चाइनाबीच समझदारी–पत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।

यता, माथिल्लो त्रिशूली–२ निर्माणका लागि पावर चाइनाले विद्युत् विकास विभागमा विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएको छ । वैदेशिक लगानी ल्याउन उसले उद्योग विभागमा पनि आवेदन दिएको छ । पावर चाइना चीनको ठूलो जलविद्युत प्रवद्र्धक हो ।

Advertisement

Advertisement

Advertisement