प्राधिकरणले गर्यो भूकम्प प्रभावित सबै जिल्लामा छुट तथा पुनःजाँच सर्वेक्षण सुरु

,   १७ चैत्र २०७५, आईतवार, ०२:०९ pm   
भूकम्प प्रभावित

काठमाडौं । निजी आवास अनुदानको लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका गुनासोकर्ताको छुट तथा पुनःजाँच सर्वेक्षण सुरु भएको छ । प्राधिकरणबाट स्थानीय तहमा खटिएका तोकिएका इञ्जिनियर मार्फत् शुक्रबारदेखि स्थलगत लगत संकलन सुरु गरिएको हो ।

पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावित सबै जिल्लामा एकै साथ चैत्र १५ गतेबाट सर्वेक्षण गर्ने योजना बनाएको भएपनि केही जिल्लामा भने आगामी चैत्र २० बाट मात्र सर्वेक्षण सुरु हुने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । ‘सर्वेक्षणमा खटिने इञ्जिनियरलाई तालिम भइसकेका जिल्लामा शुक्रबारदेखि सर्वेक्षण सुरु भएको छ भनेबाँकी रहेकाजिल्लामा चैत १८ र १९ गते तालिम सम्पन्न गरी चैत्र २० गतेबाट लगत संकलन हुनेछ ।’

सर्वेक्षणमा करिब ५ सय ५० इञ्जिनियरहरु परिचालन हुँदैछन् । प्राधिकरणले कुनै वास्तविक पीडित नछुटुन् भनेर स्थानीय जनप्रतिनिधिहरुको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने व्यवस्था मिलाएको छ । प्राधिकरणले सम्पूर्ण स्थानीय तहका पदाधिकारीहरुलाई वास्तविक पीडितहरुको यथार्थपरक लगत संकलन कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ ।

aecc

सर्वेक्षणको बारेमा जानकारी दिने र वास्तविक पीडितहरूको मात्र सर्वेक्षण होसे भन्ने आशयले हरेक जिल्लामा स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतहरुकालागि १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । त्यसैगरी, सर्वेक्षणलाई व्यवस्थित गर्नका लागि हरेक जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा छुट तथा पुनःजाँच सर्वेक्षण सञ्चालन जिल्ला समिति समेत गठन गरिएको छ ।

निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुनपाउँभनीगुनासो दर्ता गराई गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएकागुनासोकर्ताहरु, सर्वेक्षणबाट थपयकिनगर्नु पर्ने भनी तोकिएका गुनासोकर्ताहरुको हकमा सर्वेक्षण हुनेछ ।

त्यसैगरी,छुट तथा पुनःजाँच सर्वेक्षण २०७४ मा लगत संकलन नभएका गुनासोकर्ताहरु र स्थानीय तहमा तोकिएको समयसीमा भित्र नयाँ दर्ता गरिएका गुनासोहरुको पनि सर्वेक्षण गरिने जनाईएको छ । सर्वेक्षण,२०७६ बैशाख मसान्तसम्ममा सक्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।