सेयर बजारमा नगन्य गिरावट, युनिभर्सलको सेयर ओरालो लाग्ने क्रम अझै रोकिएन्

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा नगन्य गिरावट देखिएको छ । आज नेप्से परिसुचक शुन्य दशमलव ९१ अंकले घटेर एक हजार १४३ दशमलव ५९ अंक कायम भएको छ भने २६ करोड ६६ लाख रुपियाँको कारोबार भएको छ ।

आज धेरै कारोबार गर्नेमा बैंक अफ काठमाडू अगाडि छ । उसको दुई करोड १२ लाख रुपियाँको सेयर किनबेच भयो । नाफा धेरै गर्नेमा अरुण काभेली पावरका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा घाटा खानेमा युनिभर्सल पावर कम्पनीका अगाडिकर्ता अगाडि छन् । यो कम्पनीको यस विगत केही दिनदेखि उच्च गिरावट भइरहेको छ । रकमका आधारमा राष्ट्रिय बीमा कम्पनीको सेयर सबैभन्दा धेरै अर्थात २७५ रुपियाँले घटेको छ ।

समूहगत कारोबारतर्फ बाणिज्य बैंक, उत्पादनमूलक र अन्य समूहमा सामान्य सुधार देखिएको छ भने बाँकी समूहहरुमा सामान्य गिरावट छ ।

Advertisement

Advertisement

Advertisement