भीषण हावाहुरीले कम्तिमा २५ को मत्यु, चार सयभन्दा बढि घाइते

Advertisement

काठमाडौं । बारामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट कम्तिमा २५ जनाको मृत्यु भएको छ भने पाँचसयभन्दा बढि घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उद्दारका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । प्रधानमन्त्री केपी ओलीले पनि बारामा हावाहुरीको ठूलो जनधनको क्षति भएको भन्दै ट्वीट गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी हेमबहादुर शाहीका अनुसार अहिलेसम्म २५ जनाको शव फेला परेको र उद्दार कार्य जारी रहेको छ ।

प्रधानमन्त्री ओलीले यस आकस्मिक क्षतिप्रति दुःख व्यक्त गर्दै उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेको बताएका छन्। उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको समेत उनले बताएका छन् ।

भीषण हावाहुरीले धेरै घरहरु तहसनहस भएकाले हजारौं विचल्ली र करोडौ मूल्यका सम्पत्ति नष्ट भएको छ । क्षतिको विवरण आउन बाँकी रहेकाले मृतकको संख्या बढ्नसक्ने डिएसपी शाहीले बताएका छन् । विशेषगरी टेलकुवा, भलुही, फेटा पुरेनियामा ७, हर्दिया, परशुरामपुरमा मानवीय क्षति भएका छन् ।

Advertisement

Advertisement

Advertisement