सिजीले ल्यायो ‘नयाँ बर्ष, नयाँ प्रविधि’ योजना

,   १८ चैत्र २०७५, सोमबार, ०१:३५ pm   
cg-brand

काठमाडौं । नेपालको ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यस बर्ष २०६६ लाई लक्षित गरी ‘नयाँ वर्ष, नयाँ प्रविधि’ योजना सार्वजनिक गरेको हो ।

यस उपहार योजनाअन्तर्गत अब ग्राहकहरुले सिजी ब्राण्डका इलेक्ट्रोनिक्स् सामानहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी, २८ प्रतिशतसम्मको आकर्षक बचत (क्यासब्याक) तथा अन्य विभिन्न पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

उक्त योजनाअन्तर्गत ग्राहकहरुले सिजी ब्राण्डका टेलिभिजनहरुको खरिदमा ३ वर्षसम्मको वारेन्टी तथा २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्नेछन् । सिजी ब्राण्डका रेफ्रिजरेटरहरुको खरिदमा ६० महिनाको वारेन्टी र २८ प्रतिशतसम्मको बचत प्राप्त गर्न सक्नेछन् ।

aecc

सिजी ब्राण्डका विभिन्न वाशिङ मेशिनहरुको खरिदमा १० वर्षसम्मको वारेन्टी तथा वाटर प्यूरिफायर प्राप्त गर्न सकिने छ । यसैगरि सिजी ब्राण्डका अन्य इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पनि यस्तै आकर्षक पक्का उपहारहरु रहेको कम्पनीले जनाएको । कम्पनीले यो योजना चैत्र १८ बाट सुरु भई सीमित अवधिका लागि लागू हुने जनाएको छ ।