विद्युत प्राधिकरण भन्छ– हावाहुरीले निम्न ठाउँमा क्षति भएको छ, हामी बनाउँदैछौं

Advertisement

काठमाडौं । बारा, पर्सालगायतका तराईका जिल्लामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीले विद्युतको प्रसारण तथा वितरण लाइन प्रणालीमा समेत निकै असर गरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले दिएको विवरणअनुसार विभिन्न ठाउँमा क्षति भई विद्युत आपूर्तिसमेत बन्द रहेको छः

१) परावनीपुर–वीरगंज ६६ केभी डवल सर्किट लाइनमा क्षति पुगी विद्युत आपूर्ति बन्द अवस्थामा छ ।
२) वीरगंज–कलैया ३३ केभी लाइन क्षतिग्रस्त भएको अवस्था छ ।
३) भारतबाट विद्युत आयत हुने १३२ केभी रक्सौल–परवानीपुर प्रसारण लाइन तथा ३३ केभी रक्सौल–वीरगंज प्रसारण लाइन क्षतिग्रस्त भई उक्त लाइनहरुबाट विद्युत आयत बन्द अवस्थामा छ।
४) कलैया वितरण केन्द्र अन्तर्गतको विद्युत प्रणालीमा मात्र करिब १००० देखि १५०० विद्युत पोलहरु लडेको छन् र विद्युत तारहरु विभिन्‍न स्थानमा चुँडिएका छन् ।
५) कलैयास्थित प्राधिकरणको सवस्टेशन हिजो नै चन्द्रनिगाहपुर सबस्टेशनबाट चार्ज गरी बजार क्षेत्रमा विद्युत आपूर्तिको व्यवस्था मिलाइएको छ ।
६) विद्युत प्रणालीमा पुगेको हानी नोक्सानीको पूर्ण विवरण आइनसकेता पनि प्रारम्भिक अनुसार करिब २००० पोल र कैयौं ट्रान्सफर्मरमा क्षति भई करिब १०–१५ करोड रुपैंया बरावरको हानीनोक्सनी भएको जानकारी प्राप्‍त भएको छ ।
७) हालसम्म प्राप्‍त जानकारी अनुसार विद्युत प्रणालीमा क्षति भई वीरगंज क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनपुगेता पनि करेन्ट लागेर मानवीय क्षति भएको पाइएको छैन।
८) चाँडो विद्युत प्रणालीको मर्मत संभार गरी विद्युत आपूर्ति सूचारु गर्न प्राधिकरणले आफ्नो सम्पूर्ण साधन श्रोत परिचालन गरिसकेको हुँदा हाम्रो प्रयास प्रति विश्‍वस्त रहन आग्रह गर्दछौं ।
९) देशभर अन्य स्थानहरुमा विद्युत सेवा सुचारु रहेको व्यहोरा अनुरोध गर्दै स्थानीय रुपमा प्राविधिक कुनै समस्या आई कहीं कतै विद्युत अवरुद्ध हुनपुगेको भएमा समस्या समाधान गरी तत्काल विद्युत सेवा सुचारु गरिने व्यहोरा अनुरोध गरिन्छ ।

Advertisement

Advertisement

Advertisement