बाणिज्य बैंक र होटलले उचाल्यो नेप्से

Advertisement

काठमाडौं । लगातारजसो घट्दै आएको सेयर बजारमा सोमबार केही सुधार भएको छ । आज सेयर बजार परिसुचक नेप्से ६ दशमलव ४३ अंकले बढेर एक हजार १५० कायम भएको छ भने कारोबार बढेर ३५ करोड रुपियाँभन्दा बढिको कारोबार भएको छ ।

विशेषगरी बाणिज्य बैंक र होटल समूहका कम्पनीहरुको सेयरमा सुधार आउँदा नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो । दुवै समूहका उपसुचकहरु एक प्रतिशतभन्दा बढिले घटेका छन् । उत्पादनमूलक र अन्य समूहमा सामान्य गिरावट भएको छ भने बाँकी समूहमा पनि सामान्य सुधार छ ।

आज धेरै कारोबार गर्नेमा एनआईसी एसिया बैंक अगाडि छ । उसको दुई करोड २० लाख रुपियाँको कारोबार छ । नाफा धेरै गर्नेमा नेशनल माइक्रोफाइनान्सका लगानीकर्ता छन् भने घाटा खानेमा युनिभर्सल पावर कम्पनीका लगानीकर्ता अगाडि छन् । यो कम्पनीको सेयर केही दिनदेखि निरन्तररुपमा उच्च दरमा घट्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement