ज्योति लाइफ इन्सुरेन्स र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

Advertisement

काठमाडौं। ज्योति लाइफ इन्सुरेन्स र सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीबीच होटल तथा रेष्टुरेन्ट सेवामा साझेदारी गर्ने सम्बन्धी सम्झौता भएको छ  ।

सम्झौता अनुसार ज्योतिका ग्राहक, अभिकर्ता, कर्मचारी तथा सेयरधनीहरुले सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीसँग आवद्ध होटल, रिसोर्ट, कफीहाउस, बेकरी एन्ड क्याफेको सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

ज्योतिका निश्चित मापदण्ड पूरा गरेका ग्राहक, अधिकर्ता, कर्मचारी तथा सेयरधनी र उनीहरुका परिवारका सदस्यले विशेष कार्डमार्फत सिद्धार्थका होटलमा छुट लिनसक्ने कम्पनीले जनाएको छ । सम्झौतापत्रमा ज्योति लाइफका कार्यकारी उप–प्रमुख प्रकाश बिक्रम खत्री र सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement