सनराइज बैंकको १० लाख इकाई ऋणपत्र बिक्री खुल्ला

Advertisement

काठमाडौं।  सनराइज बैंकले आज(बुधवार)देखि १० लाख इकाई ऋणपत्र बिक्री खुल्ला गरेको छ  । बैंकले पाँच वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदरमा उक्त ऋणपत्र जारी गरेको हो।  जसमा प्रति इकाई एक हजार रुपियाँका दरले न्युनतम २५ देखि अधिकतम चार लाख इकाईसम्म आवेदन दिन सकिनेछ।

बैंकले जारी गरेको कुल ऋणपत्रको चार लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने  बिक्री प्रबन्धक  प्रभु क्यापिटलले जनाएको छ । जसमध्य  सामूहिक लगानी कोषलाई छुट्याएको २० हजार युनिट समेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । बाँकी ६ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य कम्पनीहरुलाई बिक्री गर्ने जनाएको छ ।

सनराइज बैंकले ‘१० प्रतिशत सनराइज डिबेन्चर (ऋणपत्र २०८०’ जारी गरेको हो ।

Advertisement

Advertisement

Advertisement