नयाँ वर्षको अवसरमा सामसुङका सामान खरिद गर्दा विशेष छुट

Advertisement

काठमाडौं । सामसुङ कन्जुमर इलेक्ट्रोनिक्स नेपालले नयाँ वर्ष २०७६ को उपलक्षमा ‘हर्षमय नयाँ वर्ष २०७६’ नामक अफर प्रस्तुत गरेको छ । कम्पनीले सामसङका सामान खरिद गर्दा आकर्षक छुट प्रदान गर्ने भएको हो ।

योजनाअनुसार सामसुङ टिभीको खरिदमा ३२ प्रतिशतसम्मको छुट प्राप्त हुनेछ भने रेफ्रिजेरेटरको खरिदमा १३ प्रतिशतसम्म र वासिङ मेसिनमा १८ प्रतिशतसम्मको छुट प्राप्त हुनेछ ।

कम्पनीले अफरअन्तर्गत् ग्राहकहरुलाई लक्की ड्रमा समावेश गरी उपहार प्रदान गर्नेछ । जसअनुसार विजेताले सामसुङको ५५ इन्चको कर्भ टिभी प्राप्त गर्नेछन् ।

यसैगरी द्वीतीय, तृतीय, चौंथो र पाँचौ हुने ग्राहकले क्रमशः ४९ इन्चको कर्भ टिभी, सामसुङको ५ इन १ कन्भर्टेवल रेफ्रिजेरेटर र ८ केजीको फ्रन्टलोड वासिङ मेसिन र २८ लिटरको हट ब्लास्टयुक्त सामसङको माइक्रोवेभ ओभन प्राप्त गर्नेछन् ।

यो अफर सामसुङका आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापार कम्पनीले प्रदान गर्ने लागेका हुन् । अफर चैत्र १९ गतेदेखि वैशाख ३१ सम्म देशभर लागु हुनेछ ।

Advertisement

Advertisement

Advertisement