लालीगुराँस प्रदेश ३ को उत्कृष्ट सहकारी घोषित

Advertisement

ललितपुर । लालीगुराँस बहुउदेश्यीय सहकारी संस्थाले यो वर्षको उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ ।

६२ औ सहकारी दिवसको अवसरमा राजधानीमा आयोजित विषेश कार्यक्रममा प्रदेश नम्बर ३ मा रहेको सहकारी मध्य उत्कृष्ट घोषणा गरीएको हो ।

राष्ट्रिय सहकारी महांसघद्धवारा गठित उत्कृष्ट सहकारी छनौट उपसमितिले श्रीलालीगुराँस सहकारी संस्थालाई प्रदेश ३ को उत्कृष्ठ सहकारी घोषणा गरेको हो । संस्थाले चालु आवमा सरकारलाई चार करोड ७१ लाख ९७ हजार एक सय ९९ रुपियाँ राजश्व बुझाएको थियो ।

संस्थाले ललितपुरको चापागाँउ, काठमाण्डौंको चाबहिल,भक्तपुरको कौशलटार र चितवनको गरी चार जिल्लामा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ ।

Advertisement

Advertisement

Advertisement