सेयर बजारमा नेप्से र कारोबार दुवै घट्यो, युनिभर्सलको सेयर घट्दै प्राथमिक मूल्य नजिक

Advertisement

काठमाडौं । सेयर बजारमा पछिल्ला दुई दिनमा देखिएको सुधार बिहीबार फेरि उल्टिएको छ । आज सेयर बजार परिसुचक नेप्से र कारोबार रकम दुवैमा गिरावट आयोग । यद्यपि नेप्सेको गिरावट नगन्य छ ।

आज नेप्से शुन्य दशमलव ६४ अंकले घटेर एक हजार १६५ कायम भएको छ भने बुधबार ५२ करोडभन्दा बढिले भएको कारोबार रकम घटेर ४२ करोडमा सीमित भएको छ । आज विशेषगरी होटल समूहले धेरै गिरावट हुँदा नेप्से तल झरेको हो ।

आज बाणिज्य बैंक, वित्त, निर्जीवन र उत्पादनमूलक समूहमा सामान्य सुधार देखिए पनि बाँकी समूहका उपसुचकहरु घटेका छन् । होटल समूहको उपसुचक भने एक दशमलव ३४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका हिसावले आज एनआईसी एसिया अगाडि छ । उसको चार करोड ७१ लाख रुपियाँको सेयर किनबेच भयो भने दोस्रोमा एनसीसी बैंकको दुई करोड ५० लाख रुपियाँको भयो । आज नाफा गर्नेमा सिन्धु विकास बैंकका लगानीकर्ता अगाडि छ्न भने घाटा खानेमा युनिभर्सल पावरका लगानीकर्ता अगाडि छन् ।

निरन्तर घट्दै आएको युनिभर्सल पावर कम्पनीको सेयर आज ११ रुपियाँले घटेर १०८ कायम भएको छ । घट्ने क्रम यसरी नै जारी रहे सेयर मूल्य प्राथमिक मूल्यबाट पनि तल जाने देखिएको छ ।

Advertisement

Advertisement

Advertisement