जर्मन राजदूतलाई उर्जामन्त्रीले भने– लगानी सम्मेलन ऐतिहासिक भयो

Advertisement

काठमाडौं । उर्जामन्त्री बर्षमान पुनले जर्मन राजदूत रोलान्ड सेफरलाई हालै नेपाल गरेको लगानी सम्मेलन ऐतिहासिक भएको दावी गरेका छन् । आफूलाई भेटन उर्जा मन्त्रालय आएका सेफरसँग पुनले त्यस्तो दावी गरेका हुन् ।

उनले लगानी सम्मेलन ऐतिहासिक भएकोले अब कार्यान्वयन आफूहरु जाने बताए । पुनले उर्जा र वैकल्पिक उर्जा सहयोग गरेको भन्दै जर्मनीको प्रसंशा पनि गरे । उनले स्मार्ट मिटर र स्मार्ट ग्रिड सरकारको प्राथमिकतामा रहेको जानकारी दिँदै भने, ‘स्मार्ट मिटर र स्मार्ट ग्रिड सरकारको प्राथमिकतामा छ, काठमाडौंमा भूमिगत केवलिङको कामसमेत सुरु भइसकेको छ ।’

भेटमा जर्मन राजदूत सेफरले उर्जा र वैकल्पिक उर्जाको क्षेत्रमा सहयोग गर्न जर्मन इच्छुक रहेको बताए । उनले स्मार्ट ग्रिडको अवस्थाका बारेमा पनि चासो राखे । राजदूत सेफरले लगानी सम्मेलन सम्पन्न सम्पन्न गरेकोमा बधाई पनि दिए ।

Advertisement

Advertisement

Advertisement