काम ठेकेदार गर्दैनन्, समस्या हामीलाई पर्छ– उर्जामन्त्री

Advertisement

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले समयमा काम नगर्दा समस्या सरकारलाई पर्ने गरेको गुनासो गरेका छन् ।

बाग्मती जलाधार नदि संरक्ष्ँण परियोजनाको शनिबार निरीक्षणका क्रममा उनले निर्माणको जिम्मा पाएका कम्पनीहरुलाई समयमा काम सम्पन्न गर्न आग्रह गर्दै उनीहरुले काम समय नगर्दा राज्य र सरकारमाथि प्रश्न उठ्को बताए ।

सिंचाई सचिव संजय शर्मालाई लिएर निरीक्षणमा निस्किएका पुनले वाग्मती सम्पदासँग जोडिएकोले यो आयोजना समयमा बनाउनुपर्ने भन्दै आयोजनाका अधिकारीहरुलाई काममा ढिलाई हुन नदिन आग्रह गरे ।

वाग्मतीसभ्यतासँग जोडिएको यो आयोजनामा सबैको चासो रहेको भन्दै उनले त्यसकारण पनि छिटोभन्दा छिटो काम सक्नुपर्ने बताए । पुनले भने, ‘यो परियोजनामा सबैको चासो छ, काठमाडौंमा धेरै मानिसहरुलाई यसले प्रत्यक्ष प्रभाव पनि पार्छ । त्यसैले यसमा जिम्मेवारीका साथ काम गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।’

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेको यस परियोजना सम्पन्न भइसकेपछि वाग्मती सफाईमा सहयोग पुग्ने विश्वास लिइएको छ । आयोजना प्रमुख नवराज सुवेदीका अनुसार उक्त ड्याम निर्माण भईसकेपछि पानी जम्मा गरेर हिउँदमा बाग्मतीमा पठाउने तयारी छ ।

Advertisement

Advertisement

Advertisement