साओमी रेडमी ७ र नोट ७ बजारमा

Advertisement

काठमाडौं। विश्व प्रसिद्ध कम्पनी साओमीले उच्च प्रविधियुक्त रेडमी सिरिज अन्तर्गतको रेडमी नोट ७ र रेडमी ७ एकसाथ बजारमा ल्याएको छ।

रेडमी नोट ७ मा ४८ मेगापिक्सलको रियर क्यामेरा र उच्च स्तरको ग्लास, क्वालकोम स्न्यापड्रागन ६६०, कम उज्यालोमा पनि उत्कृष्ट तस्बिरहरुको प्रदर्शन र ब्याट्री क्षमता साथै मजबुद र टिकाउयुक्त रहेको छ।

यो फोन स्पेस ब्ल्याक,नेप्चुन ब्लू, र नेबुला रातोमा उपलब्ध छ। ३ जीबी, ३२ जीबीको २१ हजार नौं सय ९९ मूल्य पर्ने, ४ जीबी, ६४ जीबीको २४ हजार ९ सय ९९ र ४ जीबी, ३२ जीबीको १६ हजार नौं सय ९९ रुपियाँ बजार मूल्य रहेको छ।

रेडमी ७ मा क्वालकोम स्न्यापड्रागन ६३२, डट ड्रप डिजाइन, अतिरिक्त टिकाउ, ब्याट्री क्षमता र उच्च ध्वानी क्षमता रहेको छ। रेडमी ७.२ जीबी १६ जीबीको १४ हजार नौं सय ९९ रुपियाँ, ३ जीबी, ३२ जीबीको १६ हजार नौं सय ९९ रुपियाँ बजार मुल्य रहेको छ।

रेडमी नोट ७ र रेडमी ७ ले यहाँका ग्राहलाई मध्यनजर गर्दै गुणस्तर, उचित मुल्य र असाधारण टेक्नोलोजी अपनाएको नेपालका लागि साओमीका कन्ट्री जेनेरल म्यानेजर शौरभ कौठारीले बताए।

Advertisement

Advertisement

Advertisement