सनराईज बैंकले थप्यो ऋणपत्र निष्काशन बन्द हुने समय, बैशाख २९ गते अन्तिम मौका

Advertisement

काठमाडौं । सनराईज बैंकले ऋणपत्रमा आवेदन गर्ने समय थप गरेको छ । बैंकको ऋणपत्र निष्काशन बन्द हुने मिति सोमबार नै हेकोमा आवश्यक आवेदन नपरेपछि समय ढिलो मितिसम्म लम्बिएको हो ।

बैंकले चैत २५ गते सोमबार छिटोमा बन्द हुने गरि ऋणपत्र निष्काशन गरेकोमा यसबीचमा आवश्यक आवेदन नपरेपछि बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल समय थप भएको सुचना जारी गरेर समय थप भएको जनाएको हो ।

अब बैंकको ऋणपत्रमा ढिलोमा बैशाख २९ गते भित्र आवेदन गर्न सकिनेछन्। सो समय अगावै निष्काशित ऋणपत्र बिक्री भएको खण्डमा भएमा बिक्री प्रबन्धकले पूर्व सूचना दिएर निष्काशन बन्द गर्न सक्नेछ।

सनराईज बैंकको ऋणपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार चैत २४ गते आइतबारसम्म सो बैंकको ऋणपत्रमा ३ करोड १७ लाख रुपियाँ बराबरको ३१ हजार ७०० युनिट माग भएको छ। सर्वसाधारणमा निष्काशन भएको ४ लाख मध्ये ३ लाख ६८ हजार ३०० कित्ता बिक्री हुन बाँकी रहेको छ।

बैंकले चैत २० गते देखि २५ गते सम्म एक अर्ब रुपैयाँ बराबरको ’१० प्रतिशत सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र बिक्रीमा ल्याएको हो । बैंकले प्रतियुनिट एक हजार रुपियाँ अंकित दरमा १० लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो।

निष्काशनमा आएको कूल १० लाख युनिट मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि जारी गरिएको हो भने बाँकी ६० प्रतिशत अर्थात ६ लाख युनिट भने व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गरिनेछ।

आवेदन दिँदा न्यूनतम २५ कित्ता युनिटको एक हजार रुपियाँ दरले २५ हजार रुपियाँदेखि ४ लाख कित्ता युनिट बराबरको ४० करोड रुपियाँसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ।

नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा तथा मेरो शेयर सफ्टवेयरबाट पनि ऋणपत्रमा आवेदन दिन सकिन्छ।

Advertisement

Advertisement

Advertisement