विद्युत प्राधिकरणमा काँग्रेसनिकट कर्मचारी संघद्धारा आधिकारिक युनियनको चुनाव बहिस्कार

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणभित्र आधिकारिक युनियनको रुपमा प्रतिनिधित्व गर्दै आएको काँग्रेसनिकट कर्मचारी संघ र प्राधिकरण व्यवस्थापनबीचको विवाद चुलिएको बेला प्राधिकरण व्यस्थापनले आधिकारिक युनियनको नयाँ निर्वाचन प्रक्रिया अघि बढाएको छ भने असन्तुष्ट रहेको नेविप्रा कर्मचारी संघले भने चुनाव बहिस्कार गरेको छ ।

गत फागुन ७ गते भएको सात बुँदे समझदारी कार्यान्वयन नभएको र आप्mना युनियनका अध्यक्षलाई स्पष्टिकरण सोध्ने निर्णय फिर्ता नगरेको भन्दै कर्मचारी संघले चुनाव बहिस्कार गरेको हो । संघका अध्यक्ष जनार्दन भट्टराईले गत साता एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिँदै प्राधिकरण धरासायी हुनेगरी अबौंको विद्युत महशुल ठूला उद्योगीलाई छुट दिन नहुनेलगायतका कुराहरु उठाएपछि व्यवस्थापन उनीप्रति रुष्ट हुँदै स्पष्टिकरण सोध्नेसम्म निर्णय गर्न पुगेको हो ।

संघसम्वद्ध एक पदाधिकारीले भने– ज्ञानेन्द्रकै शैलीमा आधिकारिक युनियनको चुनाव गराउन व्यवस्थापन लागेकाले हामीहरुले चुनाव बस्किार गरेका छौं । हामीले फागुन ७ को सहमति कार्यान्वयन होस् र स्पष्टिकरणको निर्णय फिर्ता होस भनेर निर्वाचन समितिको कार्यालयमा आफ्नो भनाई राखिसकेका छौं । त्यो भयो भने निर्णय पुर्नविचार हुनसक्छ ।’ भट्टराईले स्पष्टिकरण पत्र भने बुझेका छैनन् ।

nea-Nepal

Advertisement

Advertisement

Advertisement