नेपाल टेलिकमले नयाँ वर्षको लागि ल्यायो अफर, यस्ता छन् छुट सुविधाहरु

Advertisement

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर २०७६ ल्याएको छ । टेलिकमले ग्राहकहरुको सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको हो ।

यो अफरमा टेलिकमका ग्राहकलाई कम्पनीले २ सय रुपियाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ ।

टेलिकमको उक्त प्याकको अवधि खरिद गरेपछि ५ दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने छ ।

प्याक प्राप्त गर्नका लागि ग्राहकले  *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी, कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

Advertisement

Advertisement

Advertisement