बेरुजु झण्डै सात खर्ब र राज्यको ऋण नौ खर्बभन्दा बढिसहितको महालेखाको प्रतिवेदन राष्ट्रपतिलाई

Advertisement

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ५६औं बार्षिक प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ । महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति कार्यालयमा पुगेर प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा बेरुजू रकम छ खर्ब ८३ अर्ब ६६ करोड पुगेको औंल्याइएको छ भने आन्तरिक तथा बाह्य ऋण नौ खर्ब १५ अर्ब पुगेको देखाइएको छ ।

सरकारले बेरुजु रकम घटाउन निकै प्रयास गर्नुका साथै कर्मचारीहरुलाई प्रोत्साहन तथा दण्डको समेत घोषणा गरेको थियो । तर ती सबै प्रयासहरु असफल हुँदै आएका छन् । बेरुजूमध्ये तीन खर्ब ७७ अर्ब ४८ करोड अद्यावधिक र तीन खर्ब ६ अर्ब १८ करोड लेखापरीक्षण बक्यौता, राजस्व बक्यौक्त, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण समेत जोड्दा सो अंकको बेरुजू पुगेको महालेखा परीक्षक शर्माको भनाई छ ।

राज्यमाथि रहेको ऋणभारमध्ये तीन खर्ब ९१ अर्ब आन्तरिक छ भने बाँकी बाह्य ऋण हो । यो ऋण हरेक नेपालीको थाप्लोमा बाँड्ने हो भने हरेकलाई झण्डै ३२ हजार पुग्छ । यो गत वर्षभन्दा सात हजार ४३ रुपियाँले बढी हो ।

Advertisement

Advertisement

Advertisement