कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई ‘नेपालरत्न’, सत्यमोहनलाई महाउज्ज्वल राष्ट्रदीप प्रथम

Advertisement

काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई (मरणोपरान्त)लाई ‘नेपालरत्न’ प्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार राष्ट्रपति भवनमा पुष्पलालका छोरा उमेशलाललाई उक्त विभुषण प्रदान गरिन् ।

त्यस्तै, सङ्गीतज्ञ अम्बर गुरुङ (मरणोपरान्त) र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी), पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम श्रेणी) एवं साहित्यकार दिनेशहरि अधिकारी, गायक तथा अभिनेता हरिप्रसाद रिमाल (मरणोपरान्त) र इतिहासकार प्रा दिनेशराज पन्तलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी) पदकबाट विभूषित गरियो ।

सविधान दिवसमा नाम घोषणा गरेअनुसार सरकारले विभिन्न क्षेत्रका ९६ जनालाई सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी), साहित्यकार झमककुमारी घिमिरेलाई कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी), विभिन्न क्षेत्रका १६२ लाई प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) र ७४ जनालाई जनसेवाश्री (पञ्चम श्रेणी) प्रदान गरेको छ । पदक वितरण गर्दा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीहरु पनि सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement