यू–१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको शानदार जित

Advertisement

काठमाडौं  । नेपालले मलेसियामा जारी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा मलेसियालाई ८ विकेटको जित हात पारेको छ । मलेसियालाई ९२ रनमा समेटेको नेपालले मात्र १३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । तर, यूएईले कतारलाई हराएका कारण नेपालको विश्वकप छनोटको सम्भावना भने कठिन देखिएको छ ।

बायुमास रंगशालामा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। टस हारी पहिले ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३.५ ओभमा ९२ बनाउँदा अलआउट भयो।

९३ रनको लक्ष्य नेपाली यू–१९ टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै जित हात पारेको हो। नेपालको जितका लागि रित गौतमले नटआउट ३९ रन बनाए, आशिफ शेखले २६, पजन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान गरे।

मलेसियाका तीन जना खेलाडी बाहेक अन्यले दोहोरो अंक पनि बटुल्न सकेन । लेजात ड्यानियल फिक्रीले ३७ रन बनाए । कप्तान मोहम्मद अमिरले १३ रन बनाउँदा हकिम हरिसानले १० रन बनाए ।

पहिलो खेलमा सिंगापुरमाथि २१७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा डीएल नियमका आधारमा यूएईसँग १ रनको हार व्यहोरेको थियो। वर्षाले खेल अवरुद्ध भएपछि नेपाललाई क्षति पुगेको हो । यूएईसँगको हारले विश्वकपमा छनोट हुने नेपालका लक्ष्य भने कठीन भएको छ। यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली मात्रै अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपकोमा छनोट हुनेछ।

अबका खेलमा नेपालले जिते मात्रै पुग्दैन नेपालले यूएईले कम्तिमा एक खेल गुमाउँनु पर्ने छ र त्यसमा नेट रन रेटमा समेत नेपालले उछिन्नु पर्ने छ। यूएई अहिसम्मका तीन खेलमा शतप्रतिशत जित निकाल्दै शीर्ष स्थान छ। आजै भएको कुवेतविरुद्धको खेलमा यूएईले ७ विकेटको जित निकाल्यो।

Advertisement

Advertisement

Advertisement