सेयर कारोबारमा प्यान नम्बर लागू, पाँच लाख माथिको कारोबारमा अनिवार्य

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोमबारदेखि एक पटकमा ५ लाख रुपियाँ वा बढीको सेयर कारोबार गर्नेलाई मात्र स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ । लगानीकर्ता र अन्य सरोकारवालासँग छलफल गरी आजदेखि ५ लाख वा त्यस भन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्तालाई मात्र प्यान अनिवार्य गरेको हो ।

बोर्डले ५ लाख रुपियाँ भन्दा कम लगानी गर्ने साना लगानीकर्तालाई भने प्यान ऐच्छिक रहेको जनाएको छ । साना लगानीकर्तालाई प्रोत्साहन गर्न अहिलेलाई ऐच्छिक गरिएको बोर्डले जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

शेयर बजारका सबै लगानीकर्तालाई प्यानको दायरामा ल्याउने सरकारको योजना भए पनि विभिन्न पक्षसँगको छलफल तथा सुझावका आधारमा दिनभरीको कारोवार वा पटक पटकको कुल कारोवारको नभई एक पटकमा ५ लाख वा सोभन्दा बढीको कारोवार गर्दा मात्र प्यान अनिवार्य गरिएको हो ।

गत चैत १० गते आइतबारदेखि शेयर कारोबारमा स्वेच्छिक रूपमा प्यान लागू गरिएको थियो ।
नेपाल धितोपत्र बोर्डका अनुसार दोस्रो बजारमा एक पटकमा पाँच लाख वा सो भन्दा बढीको कारोवारमा मात्र स्थायी लेखा नम्बर प्यान चाहिनेछ ।

सरकारको बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था अनुसारस्थायी लेखा नम्बर अनिवार्य गर्ने व्यवस्था गरिएको हो ।

Advertisement

Advertisement

Advertisement