प्रदेश २ का लागि कर्मचारी भर्ना नगर्न लालबाबुको लोकसेवा आयोगलाई पत्र

Advertisement

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सो प्रदेश र यस मातहतका १३६ स्थानीय तहका लागि कर्मचारी भर्ना नगर्न लोकसेवा आयोगलाई पत्र पठाएका छन्। राउतले मंगलबार आयोगलाई पत्र पठाउँदै प्रदेशस्तर र मातहका स्थानीय तहका लागि प्रदेश लोकसेवाले नै कर्मचारी भर्ना गर्ने बताउँदै लोकसेवा आयोगलाई पत्र पठाएका हु्न ।

प्रदेश निजामती सेवा ऐन विधेयक प्रदेशसभामा पेश भएर अन्तिम चरणमा पुगेको बेला मुख्यमन्त्री राउतले यसरी पत्र पठाएका हुन् । उनले प्रदेश लोकसेवा आयोग गठन गर्ने तयारीमा आफूहरु रहेकोले कर्मचारी भर्ना प्रदेश २ कै आयोगले गर्ने जानकारी पनि गराएका छन् ।

लोकसेवा आयोगले हजारौंको संख्यामा कमचारी भर्नाका लागि आवेदन खुलाउने तयारी गरेको समाचार बाहिर आइरहेको बेला मुख्यमन्त्री राउतले केन्द्रीय लोकसेवालाई आफ्नो प्रदेशका लागि विज्ञापन नगर्न भनेका हुन् ।

Advertisement

Advertisement

Advertisement