मुक्तिनाथ विकास बैंकको प्रहरी वृत्त, कमलपोखरीलाई  स्टिकर सहयोग

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई स्टीकर सहयोग गरेको छ । बैंकले सामाजिक जनचेतनामुलक तथा सुरक्षा सम्बन्धी आकस्मिक सम्पर्क नम्बरहरु भएको स्टिकर सहयोग गरेको हो ।

उक्त स्टीकर महानगरीय प्रहरी वृत्त, कमलपोखरी अन्तर्गत रहेका करिब १० हजार घर तथा कार्यालयमा टासिनेछ । उक्त स्टिकर मुक्तिनाथ विकास बैंक लिमिटेड मार्केटिङ्ग तथा कर्पोरेट मामिला विभागका प्रमुख बसन्त बक्सीले महानगरीय प्रहरी वृत्त, कमलपोखरीका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेललाई हस्तान्तरण गरेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement