ब्रिटिस कलेजको लापरवाहीले ज्यान गुमाएका गौरवको परिवारलाई क्षतिपूर्ति होइन, उल्टै धम्की

Advertisement

काठमाडौं । राजधानीको थापाथलीस्थित ब्रिटिस कलेजको लापरवाहीका कारण ज्यान गुमाएका परिवारलाई कलेजले राहतस्वरुप क्षतिपूर्ति दिनुपर्ने उल्टै धम्क्याउने काम गरेको छ ।

कलेजले दुवई घुमाउन लैजाने क्रममा गत फागुन २ गते शंकास्पद मृत्यु भएको थियो । मृत्यु भएपछि पनि भ्रमण स्थगित गरेर गौरवको शव नेपाल ल्याउन भूमिका खेल्नुपर्नेमा कलेजले बाँकी विद्यार्थीहरुलाई भ्रमण गराइराखेको, मृत्यु भएको आठ घण्टापछि मात्रै कलेजका प्रतिनिधिहरु चासो दिएको र उनको परिवारलाई सान्तोना र राहत दिनुपर्नेमा उल्टै प्रहरी प्रशासनको डर देखाउँदै आएको पीडित पक्षको गुनासो छ ।

स्वर्गीय गौरवका बाबु महेन्द्र श्रेष्ठ भन्छन्– कलेजले कुनै चासो दिएको छैन्, वास्ता छैन् । गौरव मेरो छोरा मात्रै होइन, ब्रिटिस कलेजको विद्यार्थी पनि हो । आफ्नो विद्यार्थीको त्यसरी मृत्यु हुँदा कम्तिमा मानवीय संवेदना देखाउनुपर्ने हो । तर, कुनै मतलब गरेको छैन् ।’

पीडित पक्षका मानिसहरुले कुरा गर्दा कलेजका प्रतिनिधिहरुले प्रहरी प्रशासनको धम्की दिँदै उल्टै जिम्मेवारीबाट पन्छिने काम हुँदै आएको छ । गौरवको मृत्युको खबर आउने वित्तिकै कलेजका सञ्चालक नरेन्द्र कँडेल नेपाल नबसेर समस्या समाधान गर्नुको सट्टा जिम्मेवारबाट पन्छिन् लण्डनतर्फ लागेका थिए ।

यस विषयमा फेसबुकमार्फत प्रतिक्रिया लिन खोज्दा उनी तयार भएनन् । कलेजकै एक कर्मचारी सुमन श्रेष्ठले भने गौरवको परिवारसँग कुरा मिलिसकेको दावी गरे । उनले भने, ‘समस्या समाधान भइसक्यो । हामीले उहाँहरुलाई क्षतिपूर्ति दिइसकेका छौं ।’

गौरवका बाबु महेन्द्र श्रेष्ठले भने आफ्नो परिवारले क्षतिपूर्ति लिएको कुरा सरासर झुट र आपत्तिजनक कुरा भएको बताए । उनले भने, ‘म आफूले माया गरेर बढाएको, हुर्काएको, पढाएको छोरा गुमाउनुपर्दा दुखित छु, उल्टै कलेजले नभएको कुरा गर्छ भने त्यो साह्रै आपत्तिजनक कुरा हो ।’

सिरहाको मिर्चौयाका स्थायी वासिन्दा श्रेष्ठले आफ्नो छोराको मृत्यु दुर्घटना होइन भन्दै भ्रमण तालिकामा हुँदै नभएको पौडी खेल्ने कार्यक्रम राखिनु, पौडी खेल्ने क्रममा मृत्यु भइसकेपछि रहस्यमय तरिकाले थाहा नपाएझैं गरी एउटै टिमका मानिसलाई नखोजी पढाउने चिटरहरुले अरु विद्यार्थीलाई दुवई घुमाइराख्नु अमानवीय व्यवहार भएको बताए ।

गौरवको मृत्यु पौडी खेल्ने क्रममा डुबेर भएको दावी गर्दै आएको बेला उनले भने, ‘मृत्यु भएपछिको फोटो हेर्दा दुर्घटना भनेर मान्नै सकिने ठाउँ छैन्, फोटोको टाइमिङ नमिल्नु, नुहाइरहेको बेला शरिरको माथिल्लो भागमा कपडा नहुनु, तर पोष्टमार्टम गर्दा भेष्ट लगाएको भेटिनु, घटना भएको आठ घण्टासम्म कलेजका प्रतिनिधिबाट उसको बारेमा सोधखोज नहुनु, घटना भएपछि पनि बडी ल्याउने कुरामा कलेजको तर्फबाट खासै सहयोग नहुनु जस्ता कुराले मेरो छोरा दुर्घटनामा परेर मृत्यु भएको हो भनेर चित्त बुझदैन्, मलाई मात्रै होइन, कोही पनि बाबु आमालाई बुझ्दैन् भने ।

गौरवले जाँड रक्सी खोने र उर्छिङखल व्यवहार गर्ने काम कहिल्यै नगर्ने गरेको भन्दै श्रेष्ठले गौरपका साथीहरुबाट पनि उसको व्यवहार बुझ्न सकिने बताए । उनले ब्रिटिस कलेजले आफ्नो विद्यार्थीलाई शैक्षिक भ्रमणका नाममा घुमाउन भनेर लैजाने र उनीहरुको संरक्षण तथा रेखदेख गर्नुपर्नेमा उल्टै मृत्यु भएको छोरामाथि अर्नगल आरोपहरु लगाएर आफू चोखो हुने काम गरेको छ, त्यसले आफूलाई झन् दुखित् बनाएको बताए ।

घटनापछि कलेजले बोलाएको बेला आफूले ‘शैक्षिक भ्रमणमा जानुपर्छ भनेर विद्यार्थीलाई प्रेसर गर्ने, लगिसकेपछि हरेक विद्यार्थीको संरक्षण गर्नुपर्ने दायित्व कलेजको हो कि होइन ?’ भनेर कुरा रोखेको तर कलेजका मान्छेहरुले गोलमटोल कुरा गरेको श्रेष्ठले सुनाए । उनले कलेजको सेड्युलमा हुँदै नभएको स्वीमिङ कसरी गराइयो ? भन्दै भने, ‘विद्यार्थीहरु बरु आमाबाबुलाई नटेर्लान, तर टिचरले भनेपछि जबरजस्ती गर्न सक्दैनन्, यति मानौ स्वीमिङ गर्न नै खोजेको भए पनि टिचरहरुले किन रोकेनन् ? अहिले सबै दोष मेरो छोरामाथि थोपरेर कलेज उम्किन खोज्दैछ, म न्यायका लागि कानुनी उपचारमा जान्छु ।’

श्रेष्ठका अनुसार ब्रिटिस कलेजकै लापरवाहीले गौरवको अनाहकमा ज्यान गएकाले यसको जिम्मेवारीबाट कुनै पनि हालतमा पन्छिन नपाउने बताए । उनले आफूले छोरा गुमाए पनि कलेजका अरु बाबुआमाले आफ्ना सन्तान नगुमाउन भन्ने आफ्नो कामना रहेको भन्दै व्यापारका नाममा विद्यार्थीहरुलाई प्रलोभन देखाएर विदेश घुमाइदिन्छु भन्दै उचाल्ने, विदेश घुमाएको नाममा अभिभावकहरुसँग रकम अशुल्ने र विदेश लगेर मृत्युको मुखमा धकेल्ने, मृत्यु भएपछि जिम्मेवारीबाट पन्छिन हरेक नाटक गर्ने कुरा ठिक होइन् भने ।

छोरोको शब नबुझ्दासम्म कलेजका मान्छेहरु निकै पछि लागेर चासो दिएजस्तो गरेको र अन्त्यष्टिपछि टाढिएको गौरवका बाबुले सुनाए । उनले भने, ‘हामी ठूलो कलेज, प्रहरी प्रशासनलाई आफ्नो पक्षमा पारेर अब त पेल्न सकिहाल्छौं भन्ने उहाँहरुमा अहम भावना बढ्दै गएको देखिन्छ । कलेजको मुख्य सञ्चालकहरु यहाँ नबसेर लण्डन बस्ने, उहींबाट खटनपटन गर्ने चलन रैछ । ब्रिटिस नाम राखेपछि विद्यार्थी त्यसै आइहाल्छन्, जति पनि खर्च गर्छन भन्ने उहाँहरुमा विश्वास छ । तर गल्ती र बदमासीहरुमा चुप लागेर बस्ने हो भने म मात्रै होइन, धेरै बाबुआमा पीडित हुनुपर्ने हुन्छ ।

Advertisement

Advertisement

Advertisement