२४.५ प्रतिशतको व्यापार घाटा व्यहोर्दै सरकार: ९४९ अर्बको आयात हुँदा ६१ अर्बको निर्यात

Advertisement

काठमाडौं । स्वदेशमा नै उत्पादन गर्न सकिने वस्तु पनि बिदेशबाट आयात गरेर देशले ठूलो परिमाणमा व्यापार घाटा व्यहोर्न परेको छ । आर्थिक वर्ष २०७५र७६ को आठ महिनामा कुल वस्तु व्यापार घाटा ८ खर्ब ८७ अर्ब ८८ करोड पुगेको छ । यो २४.५ प्रतिशतले विस्तार भएको हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ९टीईपीसी०ले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउनदेखि माघ)को तथ्यांकअनुसार महँगो र विलासी वस्तुको नाममा आठ खर्ब ३३ अर्ब २७ करोड रुपियाँ भारतसहित तेस्रो मुलुक निर्यात भएको हो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष २३.४ प्रतिशतले आयातमा वृद्धि भई विदेशी वस्तु उपभोगको नाममा यो रकम बाहिरिएको हो। अघिल्लो वर्ष यस अवधिमा ६ खर्ब ७५ अर्ब को विदेशी वस्तु नेपालमा आयात भएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार निर्यात आयात मूल्य सूचकाङ्क २०७५ फागुन महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वाषिर्क बिन्दुगत आधारमा १.५ प्रतिशत र आयात मूल्य सूचकाङ्क ४.३ प्रतिशतले बढेको छ । ०७४ फागुन महिनामा ४.२ प्रतिशतले घटेको व्यापारको शर्त समीक्षा महिनामा २.७ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७५र७६ को आठ महिनामा कुल वस्तु आयात २३.८ प्रतिशतले बढेर ९४९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.० प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२.० प्रतिशत, चीनबाट भएको आयात ३७.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २०.८ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७५र७६ को आठ महिनामा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भएर ६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फ २६.३ प्रतिशत र अन्य मुलुकतर्फ १.३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २७.६ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जुटका सामान, ऊनी गलैंचा, दाल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, जुत्ता तथा चप्पल, प्रशोधित छाला, तयारी पोशाक, रोजिन लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, एम.एस. बिलेट, हवाईजहाज तथा पार्टपुर्जा, विद्युतीय सामाग्री लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।

नेपालमा आयात हुने चाँदीको करिब ९९ प्रतिशत नेपालमै खपत हुने गरेको तथ्यांकले देखाउँछ । पछिल्लो सात महिनामा आयात भएको ९ अर्ब ३८ करोड रुपियाँको चाँदीमध्ये ९ करोडको मात्रै निर्यात भएको छ । बाँकी चाँदी स्वदेशमै खपत हुने गरेको व्यवसायीहरू बताउँछन् । तर, कतिपय सरोकारवालाले भने नेपालबाट भारततर्फ चाँदी तस्कर हुने गरेकोसमेत बताउँदै आएका छन् ।

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका ठूला भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ ।

आयाततर्फ भने सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५र७६ को आठ महिनामा कुल वस्तु व्यापार घाटा २४।५ प्रतिशतले विस्तार भई ८८७ अर्ब ८८ करोड पुगेको छ ।

सरकारले व्यापार घाटा न्युनीकरण गर्न अनियन्त्रित रूपमा आयात हुने महँगो तथा विलासी वस्तुको आयात नियन्त्रण गर्ने तयारी गरेको छ। स्वदेशमै उत्पादन हुन सक्ने वस्तु बाहिरबाट आयात हुँदा व्यापार घाटा बढ्दै गएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दाबी छ।

Advertisement

Advertisement

Advertisement