काठमाडौं । नेविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शाहले सेयर बढाउन नेपाल बंगलादेश (एनबी) बैंकले नबिल बैंकलाई हतियार बनाएको गुनासो गरेका छन् । होटल रोयल सिङ्गीमा आयोजित नविल बैंकको एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
शाहले भने– एनबी बैंकका मान्छे भेटौं भन्छन्, भेट्यो, कुरा केही हुँदैन्, भोलिपल्ट नविल र एनबी बैंक मर्जर हुने तयारी भनेर समाचार आउँछ ।’ सेयर घट्न लागेपछि एनबी बैंकमा मान्छेहरुले यस्तो तरिका अपनाउने गरेको उनको गुनासो छ ।
नबिलको मर्जरको योजना नरहेको र भए पनि बैंक हेरिकन हुन्छ भन्दै सिइओ शाहले सेयर बढाउन कतिपय बैंकहरुले गलत तरिका अपनाउने गरेको बताए । आफ्नो बैंकको सेयर मूल्य बढाउन नबिललाई यस किसिमले पटक पटक एनबी बैंकले प्रयोग गर्ने गरेको गुनासो गरे । यस विषयमा कुरा गर्न एनबी बैंकका सिइओ ज्ञानेन्द्र ढुँगानालाई फोन गर्दा उनले उठाएनन् । सोही कार्यक्रममा उनले एनआइसी एसिया बैंकले मिराकल गरेर देखाएको भन्दै उसको तारिफ पनि गरे ।
शाहले नविलको मुख्य प्रतिस्पर्धी एनआइसी एसिया भएको संकेत गर्दै उसको मार्केटिङ स्ट्राटेजी सफल देखिएको पनि बताए । उनले नविलका निक्षेपकर्ताहरु पनि ठूला रहेको र कर्जा पनि ठूला कर्पोरेट हाउसहरुले लैजाने चलन रहेको भन्दै आफूहरुले साना ग्राहकलाई उपेक्षा उद्देश्य भने नराखेको बताए ।