सेयर बजारमा उत्साहजनक सुधार जारी, बाणिज्य बैंक समूहले उचाल्यो नेप्से

Advertisement

काठमाडौं । सेयर बजारमा बिहीबार पनि उत्साहजनक सुधार जारी रहयो । आज सेयर बजार परिसुचक नेप्से १५ दशमलव २२ अंकले बढेर एक हजार २३२ कायम भयो भने ७५ करोड रुपियाँभन्दा बढिको कारोबार भयो । सरकारले अघि बढाएको सबै नेपालीको बैंक खाता अभियानले विशेषगरी बाणिज्य बैंकका सेयरहरुमा राम्रो सुधार भएको हो ।

आज धेरै कारोबार गर्नेमा कुमारी बैंक अगाडि छ । कुमारीको आठ करोड ५८ लाख रुपियाँको सेयर किनबेच भयो भने दोस्रोमा रहेको प्रभु बैंकको चार करोड ४७ लाख रुपियाँको कारोबार छ । आज बाणिज्य बैंक समूहको सेयरमा उत्साहजनक सुधार हुँदा नेप्से उचालिएको हो । यो समूहको उपसुचक दुई दशमलव ३१ प्रतिशतले बढेको छ । सेयर बजारमा ठूलो हिस्सा रहेकोले बाणिज्य बैंक समूहको घटबढले समग्र बजारमा ठूलो प्रभाव रहन्छ ।

आज विकास बैंक, होटल, उत्पादनमूलक र लघुवित्त समूहका उपसुचकहरु सामान्य सुधार भएका छन् भने बाँकी समूह ओरालो लागेको अवस्था छ । आज राम्रो नाफा गर्नेमा एसबिआई बैंकका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा माउन्टेन हाइड्रोका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement