मेडिसिटी हस्पिटल भन्छ– गायत्री शाहको बच्चाको जिम्मा हामी लिन सक्दैनौं

Advertisement

काठमाडौं । पूर्वसाँसद गायत्री शाहले जन्माएको बच्चाको विषयलाई लिएर शाह पक्षर भैंसेपाटीस्थित मेडिसिटी हस्पिटल हस्पिटलबीच केही दिनदेखि विवाद चलिरहेको बेला हस्पिटलले उक्त बच्चाको जिम्मा आफूहरुले लिन नसक्ने स्पष्ट पारेको छ ।

शाह पक्षले अस्पतालको कमजोरीले गर्दा ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएको भन्दै त्यसको जिम्मेवारी अस्पतालले लिनुपर्ने अडान लिँदै आएको छ भने अस्पतालले उक्त कुराको खण्डन गर्दै आएको छ । कर्पोरेट नेपालसँगको कुराकानीमा अस्पतालका विजय रिमालले भने, ‘यसमा अस्पतालको गल्ती छैन् । अस्पतालबाट कुनै कमजोरी भएको छैन भने जिम्मेवारी लिने कुरा नै भएन् ।’

उनले बच्चा अझै अस्पतालमा रहेको र शाह पक्षसँग कुनै सहमति नभएको भन्दै अब आफूहरु राज्यको कानुनअनुसार अघि बढ्ने बताए । कानुनअनुसार अब के गर्नुहुन्छ भन्ने प्रश्नमा रिमालले भने– वकिलहरुसँग सल्लाह भइरहेको छ । मेडिसिटी हस्पिटल अस्पताल गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोको लगानी रहेको अस्पताल हो ।

अस्पतालको चरम लापरवाहीले आफूले जन्माएको बच्चा ‘डाउन सिन्ड्रम’ भएको भन्दै आमा गायत्री शाह र उनका आफन्तहरुले यसअघि अस्पतालमै धर्ना दिए पनि अहिले भने धर्नामा छैनन् । यद्यपि आफूहरुको आन्दोलन अस्पतालविरुद्ध जारी रहेको गायत्री शाहका पति राजेश शाहले बताएका छन् ।

राजेशका अनुसार अस्पताल आफ्नो लापर्वाही लुकाउने र गैरजिम्मेवार ढंगले प्रस्तुत भएको छ । आफूहरु राम्रो र सुविधासम्पन्न अस्पताल भनेर आउँदा धन पीडित हुनुपरेको उनको भनाई छ । राजेशले अस्पताल र उपचारमा संलग्न चिकित्सकको लापरवाहीका कारण ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएको भन्दै बच्चाको जिम्मा अस्पताल नै लिनुपर्ने बताउँदै आएका छन् ।

महंगो अस्पतालमा राम्रोसँग सुत्केरी हुन सकिने विश्वासका साथ मेडिसिटी पुगेकी पूर्वसाँसद गायत्री शाहले गएको फागुन २८ गते ‘डाउन सिन्ड्रम’ भएको बच्चालाई जन्म दिएकी थिइन् । गायत्रीका अनुसार गर्भ रहेदेखि प्रसुती गराउने बेलासम्म अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसुती रोग विज्ञ डा. निरा श्रेष्ठको रोहबरमा स्वास्थ्य जाँच हुँदै आएको थियो । ‘डाउन सिन्ड्रम’ भएको बच्चाको विकास असामान्य हुने, बिरामी भइरहने जस्ता समस्या आउँछन् ।

राम्रो उपचार गरको देखाउने नाममा बच्चाको स्वास्थ्यलाई ख्याल नराखी पटक पटक भिडियो एक्सरे गराउनेदेखि अनावश्यक औषधिहरु प्रयोग गराउने जस्ता कुराले निर्दोष शिशुलाई जन्मदै रोगी बनाउने काम भएको गायत्रीका आफन्तहरुको भनाई छ । बच्चा जन्मिएपछि अवस्था राम्रो नरहेको भन्दै बाबुआमालाई जानकारी नदिई सघन उपचार कक्षमा राखिएको, बच्चा नर्मल छ भनेर ढाँट्ने काम भएको र पछि मात्रै जानकारी दिइएकोले पनि यसमा अस्पतालको लापर्वाही छ भन्ने कुरालाई सिद्ध गर्ने गायत्रीका पतिको भनाई छ ।

Advertisement

Advertisement

Advertisement