एनबी–नविल आरोप प्रत्यारोप, सेयर बढाउन चलखेल हामीले होइन, नबिलले गरेको होः एनबी

Advertisement

काठमाठौं । एनबी बैंकले सेयर बढाउन चलखेल आफूले नभई नविल बैंकले गरेको बताएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले सेयर बजार एनबी बैंकले नबिल बैंकलाई प्रयोग गरेको आरोप लगाएको समाचार कर्पोरेट नेपालमा प्रकाशित भएको भोलिपल्ट बिहीबार नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै त्यसको खण्डनसहित बरु नबिलले नै चलखेल गरेको आरोप लगाएको हो ।

शाहले आफ्नो बैंकको सेयर घट्न लागेपछि एनबी बैंकका मानिसहरु आफूसँग पटक पटक बिना कामले भेट्न आउने र भोलिपल्ट नबिल र एनबी बैंक मर्जरको तयारी भनेर प्रायोजित समाचार बाहिर ल्याउने काम गरेको गुनासो गरेका थिए । यद्यपि शाहले आफूलाई भेट्न आउने बैंक व्यवस्थापनका मानिस हुन वा सञ्चालक हुन वा अरु लगानीकर्ता हुन् ? त्यो भने खुलाएका थिएनन् ।

एनबी बैंकले भने आफूहरु कोही पनि शाहलाई भेट्न नगएको भन्दै बरु नबिल बैंकको सेयर मूल्यमा प्रभाव पार्ने उद्देश्यले शाहले भ्रामक कुरा बाहिर ल्याएको आरोप लगाएको छ । एनबी बैंकका कम्पनी सचिवले लेखेको उक्त पत्रमा बैंकका कुनै पनि पदाधिकारीले शाहलाई नभेटेको र मर्जरको कुरा नगरेको भन्दै यस्तो समाचार सम्प्रेषण गर्नेलाई कारवाही गर्न माग गरेको छ ।

Advertisement

Advertisement

Advertisement