प्रतिवन्धित् क्षेत्रमा राष्ट्रपतिले फोटो खिचिन, स्थानीयद्धारा कारवाहीको माग

Advertisement

भक्तपुर । फोटो खिच्न निशेष गरिएको तलेजु मन्दिरमा राष्ट्रपति विद्या भण्डारीले फोटो खिचेर कानुन मिचेकी छन् । पहिलो पटक मन्दिर पुगेकी उनी फोटो खिचेर विवादमा परेकी हुन् । मन्दिर परिसरमा फोटो खिच्न मनाही लेखिएको सुचना नै रहेको छ ।

राष्ट्रपति भण्डारीसहितले सामूहिकरुपमा फोटो खिचेर फेसबुकमार्फत सार्वजनिक गर्ने काम भएपछि स्थानीयको त्यसको विरोध जनाएका छन् । उनीहरुले फेसबुकमा प्रतिक्रिया जनाउँदै पदको आडमा राष्ट्रपतिबाट कानुन मिच्ने काम भएको भन्दै आलोचना गरेका छन् ।

राष्ट्रपति भण्डारीसँगै भक्तपुर सांसद महेश बस्नेत, सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिलगायत थिए ।

तलेजु मन्दिरको सुरक्षाका लागि बसेका सेनाका जवानहरुले सर्वसाधारणलाई फोटा खिच्न निकै कडाई गर्दै आए पनि राष्ट्रपति भण्डारीको टोलीले फोटो खिच्दा टुलुटुलु हेरेर बसेका थिए ।

Advertisement

Advertisement

Advertisement