सेयर बजारको सुधार नटिके पनि कारोबार उत्साहजनक

Advertisement

काठमाडौं । सेयर बजारमा आइतबार देखिएको उत्साहजनक सुधारमा सोमबार ब्रेक लागेको छ । जीवन बीमा कम्पनीहरुको सेयर राम्रै सुधार देखिए पनि बाणिज्य बैंकको सेयरमा गिरावट हुँदा नेप्से परिसुचक एकल अंकले घट्न पुगेको छ ।

आज नेप्से परिसुचक ७ अंकले घटेर एक हजार २५७ कायम भएको छ भने कारोबार भने उत्साहजनक सुधार नै रहेको छ । आज एक अर्ब तीन करोड रुपियाँको सेयर कारोबार भयो जुन आइतबारभन्दा एक करोडले बढि हो । धेरै कारोबार गर्नेमा नेपाल बैंक आज पनि अगाडि रह्यो । नेपाल बैंकको सेयर नौ करोड ३६ लाख रुपियाँको किनबेच भएको छ ।

समूहगत कारोबारतर्फ जीवन बीमा समूहको उपसुचक दुई दशमलव ५३ प्रतिशतले बढेको छ भने त्यसपछि क्रमसः उत्पादनमूलक समूहको एक दशमलव २१ प्रतिशतले, निर्जीवन बीमा समूहको एक दशमलव २१ प्रतिशतले, व्यापार समूहको एक दशमलव एक प्रतिशतले बढेको छ भने बाँकी समूहका उपसुचकहरु घटेको छ ।

Advertisement

Advertisement

Advertisement